KHOTANG DORPA CHIURIDANDA ONE TALEGHAR

Sunday, March 28, 2010

बाबु राम जी के भन्नु हुन्छ

बाबु राम जी के भन्नु हुन्छ
'गिरिजावावु पनि यो सरकार हटोस भन्ने चाहनुहुन्थ्यो'

पोखरा, चैत्र १५ - माओवादी उपाध्यक्ष वावुराम भट्टराईले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि बर्तमान सरकार विघटनको इच्छा राखेको दाबी गरेका छन् । कोइरालाको सरकार हटाउनुपर्ने भनाइको साक्षी एमाले अध्यक्ष झलनाथ खनाल पनि रहेको उनले बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा आइतबार उनले भने, 'गिरिजावावु पनि बर्तमान सरकार छिटो हटाउनुपर्ने पक्षमा हुनुहुन्थ्यो । त्यसको साक्षी झलनाथ खनाल पनि हुनुहुन्छ ।' कोइरालाले बर्तमान सरकार विघटन गरेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने भनाइ राखेको बताउदै उनले बर्तमान सरकारको औचित्य समाप्त भइसकेको दाबी गरे । 'शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी तपाइहरुको काँधमा छ भनेर कोइरालाले हामीलाई भनिसक्नुभएको छ ।' कोइरालासँगको अन्तिम भेटवार्तामा पुष्पकमल दाहाल र आफूसँग कोइरालाले भनेको कुरा स्मरण गर्दै उनले भने, 'गिरिजावावुको इच्छा पनि राष्ट्रिय सहमतिको सरकार गठन होस भन्ने थियो ।'
उनले वर्तमान सरकारले संविधान निर्माण र शान्ति प्रकृया टुंगोमा पुर्‍याउन नसक्ने दाबी गर्दै यो सरकार थप दुई महिना रहे मुलुक भड्खालोमा जाने बताए ।

Saturday, March 27, 2010

खोटाङमा मादक पदार्थ सेवन गर्ने एक युवकको लडेर मृत्‍यु ।

दिक्तेल बहुमुखी क्याम्पसमा विएड दोश्रो वर्षको परिक्षा दिन आएका खोटाङ छितापोखरी-८ गोगनेका गौरव राईको मादक पदार्थ सेवन गरेका दिक्तेल-१ हाटडाडाँमा लडेर मृत्‍यु भएको छ। २४ वर्षीय राईले अधिक रक्सी पिएर कोठातर्फ जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले बाताएको छ। राईसंगै दिक्तेलबाट हिंडेका दिक्तेल-१ का हरी बुढाथोकी र छितापोखरीका अटल राईलाई अनुसन्धानका लागि नियन्त्रणमा प्रहरीले लिएकोछ ।

Friday, March 26, 2010

प्रेरणाको स्रोत बन्दै महिलाहरू
एसएलसी परीक्षा अघिल्ला वर्षहरूको तुलनामा केही रोचक बनेको छ । सिन्धुलीमा परीक्षा केन्द्रमै एक परीक्षार्थी सुत्केरी भएकी छन् भने दाङमा सुत्केरी भएकी एक घन्टापछि महिलाले परीक्षा दिएकी छन् । संखुवासभामा दुई महिलाले २१ औं पटक एसएलसी दिइरहेका छन् । दाङको विजौरीस्थित केन्द्रमा सबै कर्मचारी महिला खट्टएिका छन् । बैतडीमा दुई छोरासँगै एउटी आमाले एसएलसी दिइरहेकी छन् । त्यस्तै खोटाङमा एउटै विद्यालयका सात आमाले परीक्षा दिइरहेका छन् ।
परीक्षा केन्द्रमै सुत्केरी
सिन्धुली संवाददाताका अनुसार खुर्कोट परीक्षा केन्द्रमा शुक्रबार अनिवार्य नेपाली विषयको एसएलसी परीक्षा दिंदादिंदै एक परीक्षार्थीले छोरी जन्माएकी छन् । जलकन्या उच्च मावि चपौलीबाट एसएलसी परीक्षामा सहभागी भएकी १९ वषर्ीया कमला श्रेष्ठले परीक्षा केन्द्रमै बच्चा जन्माएकी इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
संखुवासभा संवादताका अनुसार चैनपुरको सरस्वति मावि केन्द्रबाट ५ दिनकी सुत्केरी एसएलसीमा सहभागी भएकी छन् । बाणीविलास मावि खराङकी विद्यार्थी इन्दिरा डाँगी परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष शंकर कार्कीले बताए ।
बच्चा जन्मेको घन्टापछि परीक्षा
दाङमा बच्चा जन्माएको एक घन्टामै एक सुत्केरीले एसएलसी परीक्षा दिएकी छन् । पुरन्धारा गाविसको मावि हंशपुर परीक्षा केन्द्रबाट स्थानीय तारा मल्लले शुक्रबार बच्चा जन्माएको एक घन्टामै परीक्षा दिएकी शिक्षा कार्यालयले जनायो । बिहान करिब सात बजेतिर बच्चा जन्माएकी ताराले आठ बजेदेखि सुरु भएको नेपाली विषयको परीक्षा दिएको शिक्षा कार्यालयका परीक्षा अधिकृत शेरबहादुर बिष्टले बताए ।
यसैगरी तुलसीपुरस्थित मावि सेन्टरबाट २५ दिनकी एक सुत्केरीले पनि परीक्षा दिइरहेकी छन् । नयाँबसपार्क निवासी रमा विकले स्थानीय महेन्द्र माविबाट एसएलसी दिएकी हुन् ।
२१ वर्षदेखि लगातार एसएलसी दिँदै संखुवासभामा दुई महिलाले २१ वर्षदेखि लगातार एसएलसी परीक्षा दिइरहेकी छन् । त्यसरी परीक्षा दिनेहरूमा खाँदबारी ४ की कमला राई र १२ की मेनुका कट्टेल छन् ।
खाँदबारीको हिमालय उच्च मावि केन्द्रमा पहिलो दिनको अंग्रेजी विषय परीक्षामा सहभागी सिम्बल नं १०५०११४ 'जेड' की कमला राई जसरी पनि एसएलसी उत्तीर्ण गरेरै छाड्ने लक्षले २१ वर्षदेखि निरन्तर परीक्षा लेखिरहेको बताउँछिन् ।
अनमि तालिमप्राप्त उनी याफू गाविसमा मासिका कार्यरत छन् । २०२७ मा जन्मिएकी कमलाले टेस्ट उत्तीर्णपछि अनमि तालिम लिएर रोजगार बनिसकेकी छन् । पढाइको महत्व बुझेर प्रवेशिका उत्तीर्ण गर्ने लक्ष्यले एक्जाम्टेडतर्फबाट प्रत्येक परीक्षामा सहभागी भइरहेकी हुन् । कमला अविवाहित हुन् ।
कमलाजस्तै ३७ वषर्ीया मेनुका कट्टेल पनि परीक्षा दिइरहेकी
छन् । छोराछोरीले स्नातकसम्मको पढाइ पूरा गरिसकेका छन् भने उनी एसएलसी दिइरहेकी छन् । पढ्नैपर्ने अर्थात शिक्षाको महत्व बुझेपछि निरन्तर एसएलसी दिइरहेको उनको भनाइ छ । १०५०१११ 'डब्लु' सिम्बल नम्बरकी मेनुका यो पटक परीक्षा उत्तीर्ण हुने कान्तिपुरलाई बताउँछिन् ।
केन्द्रमा सबै महिला
दाङको बिजौरीस्थित संस्कृत मावि परीक्षा केन्द्र महिलाले मात्रै सञ्चालन गरेर नमुना बनाएका
छन् । केन्द्राध्यक्षदेखि सुरक्षा गार्ड हुँदै पियनसम्म सबै महिला मात्रै रहेको परीक्षा केन्द्र जिल्लाकै पहिलो नमुना बनेको शिक्षा कार्यालयले जनाएको छ । अन्यभन्दा महिलाको केन्द्र शान्तिपूर्ण रहेको शिक्षा कार्यालयका परीक्षा शाखा अधिकृत शेरबहादुर बिष्टले बताए ।
महिला एक्लैले पनि ठूलो जिम्मेवारी बहन गर्न सक्छन् भन्ने देखाउन केन्द्र प्रमुख सरिता देवकोटाले यस्तो सुरुवात गरेकी हुन् । 'सुरुमा शिक्षा समितिबाट स्विकृति गराउन नै कठिन भयो,' उनले भनिन्, 'हामीले उदाहरणीय नै बनाएर देखाएका छााैं ।'
केन्द्रमा एक अध्यक्ष, एक सहअध्यक्ष, १२ निरीक्षक, एक परिचरका साथै १० प्रहरी सबै महिला रहेका छन् । प्रहरी सहायक निरीक्षक मन्दा खडकाको नेतृत्वमा १० जना महिला प्रहरी सुरक्षामा खटिएका छन् ।
'महिला एक्लैले पनि पुरै अभिभारा सम्पन्न गर्न सक्छन् भन्ने देखाएका छौं,' प्रहरी सहायक निरीक्षक खडकाले भनिन्, 'चिट चोराउन आउनेलाई कडाइका साथ लखेटेका छौं । केन्द्रमा कतै पनि कठिनाइ हुन पाएको छैन ।' केन्द्र आसपासमा आउने युवकलाई १ लाख जरिवाना र ६ महिना कैद गर्ने भनेपछि नजिक देखा नपरेको उनले बताइन् । केन्द्रमा ३ सय ७३ विद्यार्थी रहेका छन् ।
दुई छोरासँगै एसएलसी
बैतडीको उत्तरी हाट केन्द्रबाट एक महिलाले आफ्ना दुई छोरासँगै एसएलसी परीक्षा दिइरहेकी छन् ।
मल्लादेही १ की ३६ वषर्ीया राजु लुहारले आफ्ना दुई छोरासँगै परीक्षा दिएकी हुन् । उनी जेठा छोरा सुशील र कान्छा सुमनसँगै डिलेश्वरी उच्च मावि हाट केन्द्रबाट परीक्षा दिइरहेकी हुन् । १८ वर्षअघि बिहे गरेर घरजम गरेकी लुहारले भनिन्, 'पढ्नै पर्दो रहेछ भन्ने लागेर, छोराहरूसँगै एसएलसी परीक्षा दिएकी हुँ ।' उनी पुरचौडीहाटस्थित डिलेश्वरी उमाविबाट टेस्ट परीक्षामा तृतीय श्रेणीमा उत्तीर्ण भएकी थिइन् । उनले परीक्षा दिन थालेपछि गाउँका अन्य महिलापनि पढ्न उत्साहित भएका छन् । छोराहरूसँगै परीक्षामा सहभागी भएको देखेर खुसी लागेको केन्द्राध्यक्ष नवराज जोशीले बताए ।
एकै विद्यालयका सात आमा
खोटाङको जालपा मावि केन्द्रबाट एकै विद्यालयका सात आमाले एसएलसी परीक्षा दिइरहेका छन् । पाथेकाकी ४७ वषर्ीय जयकुमारी राई, मेनुका राई, संगीता राई, राधा गिरी राई, कोपिला राई, अस्मीता राई र धन्जु राईले परीक्षा दिइरहेकी हुन् । उनीहरू सातै जना पाथेकास्थित सरस्वती माविका विद्यार्थी हुन् । त्यसै विद्यालयका ४७ वषर्ीय परशुराम बानिया पनि परीक्षा दिइरहेका छन् ।
लुकीलुकी परीक्षा
घरदेखि टाढा गएर परीक्षा दिइरहेकी छन् बागेश्वरीकी मनिता कार्की । उनका पतिलाई यसको पत्तो
छैन । सामाखुसी घर भएकी उनी आमा बिरामी भएको बहाना बनाएर माइतीमै बसेकी छन् ।
श्रीमान्ले नपढेको भन्दै बेलाबेलामा दिने गरेको टोकसो खप्न नसकेर लुकीलुकी पढिरहेको उनले बताइन् । ३५ वषर्ीया कार्कीले तयारी पनि घरमा कोही नभएको बेलामा गरिन् । पहिलो दिन अंग्रेजीको परीक्षा घरबाटै भ्याइन् । 'घरमा पसल बन्द गरेर आएकी हुँ,' बासु उच्चमाविको परीक्षा केन्द्रमा भेटिएकी उनले भनिन् । उनले भक्तपुरको बागेश्वरी उच्चमाविमा खुला विद्यालयअन्तर्गत अध्ययन गरेर परीक्षा दिएकी हुन् । २०५७ सालमा एसएलसीको परीक्षा दिँदा उनी असफल भएकी थिइन् । उनका छोराछोरीसमेत माथिल्लो कक्षामा पढ्छन् । उनले भनिन्, 'पास नभएसम्म कसैलाई भन्दिनँ ।' बिहीबार भएको अंग्रेजी विषयको परीक्षा पनि राम्रै भएको उनले बताइन् ।
उनीसँगै परीक्षामा सहभागी तेह्रथुम स्थायी घर भएकी ३६ वषर्ीया आशा राई पनि उच्चशिक्षा अध्ययनका लागि फलामे ढोका मानिएकोे एसएलसी परीक्षा दिइरहेकी छन् । शैक्षिक जनशक्ति विकास केन्द्रले सञ्चालन गरेको खुला विद्यालयअन्तर्गत पढेर उनले परीक्षा दिएकी हुन् ।
उनले ०४९ सालमा पनि परीक्षा दिएकी थिइन् । बीचैमा छाडेर नेपाली अक्षरसमेत बिर्सेपछि फेरि सुरु गरेको उनले बताइन् । उनका छोरा नर्वेमा एमबीबीएस पढै छन् । उमेरले आफ्ना छोराछोरी सरहका विद्यार्थीसँगै बसेर खुला विद्यालयका परीक्षार्थीले परीक्षा दिइरहेका छन् । झन्डै तीसदेखि चालीस वर्ष पार गरिसकेका उनीहरू अरू विद्यार्थी सरह परीक्षा दिइरहेका छन् । खुला विद्यालयको शैक्षिक कार्यक्रममा एक सय घन्टाको सम्पर्क कक्षा, स्वाअध्ययन, श्रव्यदृश्य सामग्रीका साथै सूचना प्रविधिमा आधारित भएर एसएलसी दिइरहेका छन् ।
अनियमितता गर्नेलाई कारबाही
नेपाली विषयको परीक्षामा रौतहटका विभिन्न परीक्षा केन्द्रबाट ८ परीक्षार्थी निष्कासनमा परेका छन् । एक शिक्षक सहित दुईलाई पक्राउ गरिएको छ ।
त्यस्तै झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरको एसएलसी परीक्षा केन्द्रबाट शुक्रबार दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
इलाका प्रहरीका अनुसार त्यहाँको त्रिरत्न मावि परीक्षा केन्द्रब्ााट सागर सुजीको नाममा परीक्षा दिइरहेका प्रल्हाद सुब्बा र तिलक सुब्बाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे पक्राउ परेका हुन् । दुबै जना भूटानी शरणार्थी हुन् ।
केन्द्राध्यक्ष द्रोण श्रेष्ठका अनुसार परीक्षार्थीको थर र परीक्षा दिनेको अनुहार नमिलेपछि अनुसन्धान गर्दा उनीहरू नक्कली भएको खुलेको हो । दुबैलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ ।
त्यस्तै एसएलसी परीक्षामा चिट चोराउन सहयोग गरेको र परीक्षामा अनियमितता गरेको भन्दै सिरहाको लहानस्थित विभिन्न चार वटा केन्द्रबाट शुक्रबार १० जना गार्ड र परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई परीक्षासम्बन्धी नियमावलीअनुसार चिट चोराउने लगायतका गतिविधिमा संलग्न भएको प्रावधानअनुसार कारबाही गरिने जिल्ला परीक्षा समितिले जनाएको छ ।
सर्लाहीको विभिन्न केन्द्रको बाहिरी वातावरण शान्त भए पनि परीक्षा हलभित्रै चिट चोर्ने र चोराउने काम रोकिएको छैन । गुणस्तरीय शिक्षा दिने भनेर चर्काे शुल्क असुल्ने निजी विद्यालयका परीक्षार्थीले समेत परीक्षा स्थलमा बिहीबार गाइड र चिटको थुप्रो लगेको भेटिएको छ ।
उत्तरी भेगका १५ निजी विद्यालयको परीक्षा केन्द्र रहेको नवजीवन उमावि केन्द्रमा प्रहरीले उत्तर पुस्तिकामै चिट बनाएर ल्याएको भेटिएको छ ।
उता रोल्पाको विभिन्न परीक्षा केन्द्रमा चिट चोराउनका लागि अभिभावकले कतिपय केन्द्र नजिक फोटोकपी मेसिन समेत राखेका छन् ।
बिजुली नपुगेका स्थानमा सोलार सेटबाट प्रश्न पत्र र उत्तर फोटोकपी गरी कोठा कोठामा पुर्‍याउने व्यवस्था मिलाइएको छ । स्रोतका अनुसार जिल्लामा करिब आधा केन्द्र नजिक यस्तो फोटोकपी मेसिन पुर्‍याइएको छ । ओखलढुंगाको ठूलाछाप ४ स्थित हिमालय उच्च मावि परीक्षा केन्द्रमा खानेपानीको हाहाकार हुँदा प्रवेशिका परीक्षा दिने २ सय ८१ परीक्षार्थीलाई समस्या भएको छ । पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्चमावि केन्द्रमा शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा आधा घन्टा ढिलो सुरु भएको छ । केन्द्रमा विद्यार्थीले सिट प्लानिङका बारेमा विवाद गरेपछि परीक्षा साढे आठ बजे सुरु भएको हो ।

Thursday, March 25, 2010

आवरण» किन बोले सेनापति ? एकीकृत नेकपा माओवादीका लडाकूहरूलाई नेपाली सेनामा समायोजन गर्नु हुन्छ कि हुन्न ? समायोजन गर्दा के हुन्छ ? के सैनिक नेतृत्व लडाकू भित्र्याउन तयार हुन्छ ? यस्ता प्रश्नहरूबारे सेनाको आधिकारकि उत्तर सार्वजनिक नभइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङले सेनामा माओवादी लडाकूको सामूहिक समायोजन हुन नसक्ने अभिव्यक्ति दिए । फागुन २८ गते संयुक्त राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोसँगको भेटमा उनले व्यक्तिगत रूपमा लडाकू समायोजन हुनसक्ने बताए पनि बृहत् राजनीतिक सहमति र स्थापित मापदण्ड पूरा हुनैपर्ने सर्तको खुलासा गरििदए । उनको भनाइको सीधा अर्थ हो, बृहत् राजनीतिक सहमति भएन भने व्यक्तिगत तहमा मापदण्ड पूरा गर्न सक्ने लडाकूहरू पनि सेनामा समायोजन हुन सक्दैनन् ।खासै धेरै नबोल्ने प्रधानसेनापति गुरुङले सेनाको नेतृत्व सम्हालेको छ महिना पूरा भएकै दिन फागुन २८ गतेको संयोगमा नेपालको राजनीतिमा अत्यन्त विवादित विषय सेना समायोजनबारे पास्कोसँग बोलेको कुराले माओवादी र अन्य राजनीतिक दलहरू तथा विदेशी समुदायलाई एकमुष्ट जवाफ दिएको छ । यसअघि सेनापतिसँगको भेटघाटका क्रममा भएका कुराकानीलाई औपचारकि भाषामा मात्र विज्ञप्ति जारी गर्दै आएको सैनिक मुख्यालयले पास्कोसँगको भेटघाटको सबै विवरण सार्वजनिक गरििदयो, जसले नेपालको अन्योलग्रस्त वर्तमान राजनीतिलाई अनेक कोणबाट विश्लेषण गर्न सहज भएको छ । समूहगत समायोजनलाई निषेध गर्दै मुख्यालयले स्पष्ट भाषामा कारण खोलेर भनेको छ, 'कतिपय माओवादी लडाकूहरू राजनीतिक रूपमा अत्यधिक मात्रामा अभिप्रेरति भएको महसुस गरएिको छ । तर, नेपाली सेना भने एक अत्यन्त अनुशासित, व्यावसायिक, प्रतिस्पर्धी र गैरराजनीतिक चरत्रिको सेना भएकाले गर्दा राजनीतिक रूपबाट अभिप्रेरति व्यक्तिहरूले यसभित्र राजनीतिक क्रियाकलापहरू सञ्चालन गरी नेपाली सेनाको सत्यता, इमानदारी र निष्पक्षता तथा सांगठनिक एकता खण्डित हुन गई संगठन नै विभाजनको सँघारमा पुग्न सक्ने र अन्ततोगत्वा राष्ट्र नै विखण्डित हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।'बोली एक, निसाना अनेकप्रचण्डलाई जवाफ ः सेनापतिको भनाइले लडाकू समायोजनबारे आफ्नो तर्फको अडान प्रस्ट रूपमा राखेको छ । साथै, उनले केही समयदेखि माओवादी लडाकूका शिविरमा चलेका प्रशिक्षण कार्यक्रमहरू र त्यहाँ अभिव्यक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का भनाइहरूलाई पनि जवाफ दिएका छन् । शक्तिखोरस्िथत लडाकू शिविरमा फागुनको तेस्रो साता अध्यक्ष प्रचण्डले समायोजन गर्दा सेनाको दोस्रो नेतृत्व लिने र बाँकी पदहरूमा पनि सोही अनुसार गर्दै १० हजार लडाकू समायोजन गर्ने बताएका थिए । उनको यो भनाइले सैनिक नेतृत्वलाई इख्याएको विश्लेषण स्वयं माओवादीहरूले पनि गरेका थिए । यसलाई थामथुम पार्ने र सेनाको तल्लो तहलाई प्रभावित पार्ने गरी फागुन २४ गते खुलामञ्चबाट प्रचण्डले राष्ट्रभक्त सेना र माओवादी मिल्न सकिने आशयको भाषण गरेपछि सैनिक नेतृत्व कुनै न कुनै हिसाबले जवाफ दिनैपर्ने निष्कर्षमा पुगेको थियो । स्रोतका अनुसार, सैनिक नेतृत्वमाथि प्रहार भएको अर्थमा प्रचण्डका अभिव्यक्तिलाई लिएकाले उपयुक्त अवसर पारेर जवाफ दिइएको हो । यसका अलावा प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्यादेवी भण्डारीका बीच समायोजनको प्रक्रियामा सेना एउटा सरोकारवाला हो कि होइन भन्ने विवादमा पनि सन्देश दिन खोजेको अर्थमा कतिपयले सेनापतिको बोलीलाई लिएका छन् । भित्रैकालाईर् जवाफ ः जतिसुकै राजनीतिक भए पनि लडाकू समायोजन गर्न सकिन्छ भन्दै कालकुट विष पिउनेसम्मका कुराहरू जंगी अड्डामा व्यक्तिगत तहमा एक जर्नेलले गरेका थिए । उनले सैनिक तालिम दिएर लडाकूहरू तह लगाउन सकिने भनाइ अनौपचारकि रूपमा राखेको कुराप्रति सेनापतिले चित्त बुझाएका छैनन् भन्ने सन्देश दिएको अर्थमा सैनिक अधिकृतहरूले लिएका छन्, गुरुङको पछिल्लो अभिव्यक्तिलाई । त्यसो त फागुन २१ गते शुक्रबारको बि्रफिङ्मै पनि सेनापति गुरुङले सेनाको आधिकारकि धारणा अरूले होइन, आफूले बोल्ने भन्दै जथाभावी नबोल्न जर्नेलहरूलाई सचेत गराएका थिए । एक सहभागीका अनुसार उनले भनेका थिए, "मेरो छ महिना पूरा सकियो, अब अढाइ वर्ष बाँकी छ । यतिन्जेल सेनाको नेतृत्व मैले गर्ने हो । कहाँ र कसलाई के भन्ने कुराको निर्णय मबाट हुन्छ ।"नीति परिवर्तनको आभास ः गुरुङ सेनापति भएपछि मुख्यालयमा आयोजित छलफलहरूमध्ये केही साताअघि संसद्को राज्य व्यवस्था समितिका सदस्यहरूसँगको कुराकानीलाई सैनिक मुख्यालयले राष्ट्रसंघीय उपमहासचिव पास्कोसँगको भेटघाटको झैँ गरी विस्तृत रूपमा सार्वजनिक गरेको थियो । यी दुई घटनाले मुख्यालयमा हुने छलफलका विवरण सार्वजनिक गर्ने नीति सैनिक नेतृत्वले बनाएको जस्तो पनि देखिएको छ । तर, विवादित विषयमा सेनाको धारणा सार्वजनिक हुनलाई यति मात्र कारण हो भनी अथ्र्याउन सकिन्न । सैनिक स्रोतका अनुसार, पास्कोसँगको कुराकानी कति र कसरी सार्वजनिक गर्ने भन्नेबारे पीएसओज -पि्रन्सिपल स्टाफ अफिसर्स) बैठकमा सामेल हुने उपरथी र सोभन्दा माथिल्लो दर्जाका अधिकृतहरूका बीच छलफलसमेत भएको थियो ।पास्कोसँगको भेटपछि चैत ३ गते सैनिक मुख्यालयमा आयोजित पृतनापतिहरूको सम्मेलनमा पनि सेनापति गुरुङले सेना समायोजनबारे स्पष्ट अडान राख्ने बताएका थिए । उनले उपमहासचिव पास्कोसँग बोलेको कुरा नै सेनाको आधिकारकि धारणा भएको बताएका थिए ।सार्वजनिक भएको सैनिक अभिव्यक्तिले तत्कालको असर प्रधानमन्त्री माधवकुमार नेपाललाई पर्‍यो । प्रतिपक्षी दलद्वारा सत्ता समीकरण बदल्न अविश्वासको प्रस्तावको तयारी गररिहेका बेला माओवादीप्रति नरम नीति अपनाउने सत्ता साझेदार दलभित्रका नेताहरूलाई 'कन्भिन्स' गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री पुगे । बालुवाटार स्रोतका अनुसार, यसैकारण उनले फागुन २९ गते सेनापतिलगायत सबै सुरक्षा अंगका प्रमुखहरू, रक्षा र गृहसचिवलाई समेत बोलाई एउटा छुट्टै बैठक गर्नुपरेको थियो । बैठकमा प्रधानमन्त्रीले पास्कोलाई भनिएका कुराको अर्थ सेनापतिसँग सोधेका थिए । जवाफमा सेनापतिले विगतमा प्रधानमन्त्रीलाई बुझाएको सुझावभन्दा आफ्नो धारणा फरक नभएको बताएका थिए । तर, रक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, समायोजनको 'मोडालिटी'बारे सोच्न सैनिक नेतृत्वको अभिव्यक्तिले सरोकारवाला पक्षलाई वाध्य पारेको छ । यसले अर्को पक्षलाई थप उत्तेजित बनाई समायोजनको मार्गलाई बिगार्न पनि सक्छ । आफूहरूप्रति सकारात्मक व्यक्तित्वका रूपमा सेनापति गुरुङको नियुक्तिमा टिप्पणी गर्ने माओवादी नेतृत्वलाई समायोजनबारे आफ्नो रणनीतिमा पुनःविचार गर्न उनको पछिल्लो धारणाले बाध्य पार्ने अवस्था आएको एक सैनिक जर्नेलको दाबी छ । तर, माओवादी नेताहरू भने यो षड्यन्त्रकै शृंखला भएको बताउँछन् । पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत सेनाको पछिल्लो अभिव्यक्ति सेनापतिको मात्र कुरा नभएको विश्लेषण गर्छन् । भन्छन्, "त्यो सेनापतिको मात्र कुरा हो भनेर बुझेका छैनौँ । भारतीय सेनाध्यक्ष -हालै रटिायर्ड) दीपक कपुरदेखि रक्षामन्त्री हुँदै उनीसम्म आइपुग्दा समायोजनबारे एउटै कुरा सार्वजनिक भएको छ, त्यसैले यो हाम्रालागि नयाँ कुरा होइन ।"

Wednesday, March 24, 2010

राजसंस्था समाप्तीको कुरा काल्पनिकः पूर्व राजा पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्तीको कुरा 'काल्पनिक' मात्र भएको टिप्पणी गरेका छन् । 'यो 'हाइपोथेटिकल' कुरा हो, राजसंस्था होस् वा राष्ट्रिय सवालमा जनताको विचार नै महत्वपूर्ण हुन्छ,' बुधबार एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै उनले भने, 'जनता जनार्दन नै हुन्छन् ।'
एभिन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राजसंस्था बिदाइ गर्ने निर्णयमा पुर्नविचार गर्नुपर्ने बताए । 'जनताले यही चाहन्छन्, यही (राजसंस्था हटाउनु) ठीक छ, यही बाटो नै हिड्नुपर्छ भन्ने हो भने ठिकै छ,' 'उहाँहरु (जनता) लाई कहिँ न कहिँ चित्त बुझेको छैन भने जसले शासन गरेका छन्, जनताको कुरालाई नै मान्यता दिनुपर्छ ।'
पूर्व राजाले राजसंस्था ब्युँताउन पर्दा पछाडी आफूले कुनै पनि भूमिका नखेलेको दाबी गरे । 'यसो भए धेरै अगाडी, धेरै कुरा गरिसक्ने थिएँ, त्यो न चाहना छ न नियतनै,' उनले प्रष्ट्याए, 'देशमा शान्ति होस् भनेर नै छाडेको हो, जनताले यो बुझिरहेका छन् मैले जति बुझेको छु, त्यो मैले राखेको छु ।'
ज्ञानेन्द्रले नेपालको इतिहासमा राजाहरुले कहिल्यै पनि शक्ति हातमा लिन नखोजेको जिकिर गरे । 'यो भ्रम मेटाउनु पर्छ, राजाले कहिल्यै शक्ति खोजेनन् राजाले देउता भनेर बोलेका पनि छैनन्,' उनले थपे, 'यो जनताको विश्वासले भएको हो ।' पूर्व राजाले आफ्नो बहिर्गमनपछि पनि जनतामाझ जान अप्ठेरो नभएको बताए । बुधबार जनकपुर आउँदा जनताले दर्शाएको सदभावप्रति आफू खुशी भएको उनको भनाइ थियो ।
रामनवमीको अवसरमा जनकपुरको रामजानकी मन्दिरमा पूजा गर्न पूर्व राजा बुधबार बिहान बुद्ध एयरबाट जनकपुर गएका थिए । जनकपुरमा राजावादीहरुले उनको पक्षमा नाराबाजी गरेपछि उनले मन्द मुस्कानका साथ अभिवादन फर्काएका थिए ।
नेपालबाट राजसंस्थाको अन्त्य गरेर जनताले आफूलाई पनि सन्देश दिएको पूर्व राजाको भनाइ छ । 'यो एउटा पाठ हो, जनताले हामीलाई पनि सन्देश दिएका हुन्,' उनले भने, 'राजाहरु सक्रिय नभएको जनताले खोजेको हो कि ।' उनले राजाले भनेको अभिभावकको रुपमा सवै काम गर्नुपर्ने बताए । 'देशका लागि जे गर्नुपर्छ त्यो समयमा उठाउनै पर्छ,' पूर्व राजाको कथन थियो, 'सर्वसाधारणको सुरक्षा र रक्षा गर्ने अवस्था पनि आउँछ ।'
पूर्व राजाले दरबार हत्याकाण्ड र माघ १९ को कदमले राजसंस्थालाई अप्ठेरो पारेको पनि स्वीकार गरे । 'सर्वप्रथम त म (दरबार हत्याकाण्ड भएका बेला) काठमाडौंमा थिइनँ, जति हाम्रा परिवार छन् त्यो दुर्घटनामा बाँचेर आएका उहाहरुको उहाँहरुले भनेको कुरा सुन्दादेखि तथ्य सथ्य अर्के जस्तो लाग्छ, जून बाहिर आएको पनि हो,' उनले भने, 'राजसंस्थालाई केही न केही रुपमा माघ १९ ले पनि अप्ठेरो पारेकै हो ।'
पूर्व राजाले जंगलमा बस्दा शान्त भए पनि देशको बारेमा चिन्ता लागिरहेको बताए । 'जंगलमा बस्दा फाइदा पनि हुन्छ, शान्त पनि छ, तर अलि चिन्ता चाँही छ राष्ट्र र सर्वसाधारणको,' उनले भने । ज्ञानेन्द्रले आफ्नो नेपाल छाड्ने योजना नरहेको सुनाए । 'नेपालमै बस्छु नेपालको सेवा गर्ने, नेपालीको सेवा गर्ने नै योजना छ, पहिलो पनि त्यही थियो अहिले पनि त्यही छ,' उनले भने ।
अन्तर्वार्ताको पूर्णअंश:
राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्रः पूर्वराजा ज्ञानेन्द्र
1 अहिले देश जुन मोडबाट गुजि्ररहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?
- बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।
2 राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?
- यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदा जनक हुन्छ ।
3 नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?
- यो 'हाइपोथेटिकल' कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।
4 पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?
- त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।
5 तपाईंका दिन कसरी वितिरेहेको छ ?
- के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा छ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाउँछ । तर, अलि चिन्ता चाँही राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाओस् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।
6 नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?
एक दुईवटा भम्र चिर्नु छ । कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।
७ नारायणहिटी काण्ड र माघ १९ को 'कु' पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?
दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।
सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।
दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?
सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ । अव यि कारणहरुले राजसस्थालाई के न केही रुपमा असर पारेको हो भने त्यो अलिकति पछाडी र अगाडि हेर्दा हो/होइन भन्ने थाहा हुन्छ । यो कुरा जनतलाई छाडिदिनु पर्छ ।
८ राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?
समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि 'हाइपोथेटिकल' नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।
९ नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्, यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?
जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।
१० तपाईंका भावी योजना अव के छन् ?
नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।

माया गर्नेहरुलाई माया गर्नु पाउनु पर्छ

माया गर्नेहरुलाई माया गर्नु पाउनु पर्छ भनिन्छ, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनि हुन्छ, जहाँ फूल हुन्छ त्यहाँ सुगन्ध पनि हुन्छ । दुवै एक-अर्काका हिस्सा हुन्, जसमा सम्भावनाहरू लुकेका हुन्छन् । यसरी नै जहाँ प्रेम हुन्छ त्यहाँ यौनको सम्भावना पनि हुन्छ । सत्य त यही हो कि यौनको मात्र सम्भावना नभएर प्रेमको कुनै मोडमा वा धरातलमा प्रेम यौनकै रूपमा व्यक्त हुन्छ र यदि यही यौन मात्र वासनाको पूर्तिका लागि गरिन्छ भने त्यहाँ प्रेम व्यक्त हुँदैन र यदि यौनले वासनाको रूप लिएको छैन भने त्यसले प्रेमलाई अझ प्रगाढ बनाउँछ । यौन प्रेमको चरम रूप हो भने प्रेम यौनको सुगन्ध । दुवै एक-अर्काको विपरीत भएर पनि एक-अर्काका पूरक हुन् । यौन शरीरको आवश्यकता हो भने प्रेम मनको आवश्यकता, तर यदि दुवै कुरा सही र सन्तुलित रूपमा बिना कुनै स्वार्थ, वासनाबिना क्रियाशील हुन्छन् भने त्यसले आत्मालाई तृप्त बनाउँछ । प्रश्न उठ्छ, के यौनबिना प्रेम अधुरो छ ? वा प्रेमबिना यौन सम्भव छ ? दुवै आवश्यक छन्, महिला-पुरुषको शारीरिक ढाँचा वा मनोविज्ञान दुवैले यही कुरा दर्साउँछ कि एक-अर्काको मिलनबाट नै भावना एवं सम्बन्धले पूर्णता प्राप्त गर्छ ।

Sunday, March 21, 2010

Saturday, March 13, 2010

Rifleman Yubraj Rai of 2RGR I'm really sorry to hear about that Mr. Yubraj Rai. Really he was an extraordinary character and a firm professional warrior. I be acquainted with his childhood, he was very loveable person. Mr. Yubraj will always be with us: his spirit and good will be part of British Army. He was joined the British Army in 1999, he was integrity, impartiality and discretion members of British Army. Yeah I heard very sorrowful news of him and I would like to give great sympathy to all his familiar friends. It’s very sad news for us especially for British Army and lots of challenges in future. May his soul great rest in heaven.

हाम्रो सुन्दर दिक्तेल बजार

हाम्रो सुन्दर दिक्तेल बजार

दिक्तेल दोर्पा तलघरको फूलको बगिचा

दिक्तेल दोर्पा तलघरको फूलको बगिचा
दिक्तेल अनी सुन्दर दोर्पा तलघर

Tuesday, March 9, 2010