KHOTANG DORPA CHIURIDANDA ONE TALEGHAR

Wednesday, March 24, 2010

माया गर्नेहरुलाई माया गर्नु पाउनु पर्छ

माया गर्नेहरुलाई माया गर्नु पाउनु पर्छ भनिन्छ, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनि हुन्छ, जहाँ फूल हुन्छ त्यहाँ सुगन्ध पनि हुन्छ । दुवै एक-अर्काका हिस्सा हुन्, जसमा सम्भावनाहरू लुकेका हुन्छन् । यसरी नै जहाँ प्रेम हुन्छ त्यहाँ यौनको सम्भावना पनि हुन्छ । सत्य त यही हो कि यौनको मात्र सम्भावना नभएर प्रेमको कुनै मोडमा वा धरातलमा प्रेम यौनकै रूपमा व्यक्त हुन्छ र यदि यही यौन मात्र वासनाको पूर्तिका लागि गरिन्छ भने त्यहाँ प्रेम व्यक्त हुँदैन र यदि यौनले वासनाको रूप लिएको छैन भने त्यसले प्रेमलाई अझ प्रगाढ बनाउँछ । यौन प्रेमको चरम रूप हो भने प्रेम यौनको सुगन्ध । दुवै एक-अर्काको विपरीत भएर पनि एक-अर्काका पूरक हुन् । यौन शरीरको आवश्यकता हो भने प्रेम मनको आवश्यकता, तर यदि दुवै कुरा सही र सन्तुलित रूपमा बिना कुनै स्वार्थ, वासनाबिना क्रियाशील हुन्छन् भने त्यसले आत्मालाई तृप्त बनाउँछ । प्रश्न उठ्छ, के यौनबिना प्रेम अधुरो छ ? वा प्रेमबिना यौन सम्भव छ ? दुवै आवश्यक छन्, महिला-पुरुषको शारीरिक ढाँचा वा मनोविज्ञान दुवैले यही कुरा दर्साउँछ कि एक-अर्काको मिलनबाट नै भावना एवं सम्बन्धले पूर्णता प्राप्त गर्छ ।

No comments:

Post a Comment