'गिरिजावावु पनि यो सरकार हटोस भन्ने चाहनुहुन्थ्यो'
पोखरा, चैत्र १५ - माओवादी उपाध्यक्ष वावुराम भट्टराईले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि बर्तमान सरकार विघटनको इच्छा राखेको दाबी गरेका छन् । कोइरालाको सरकार हटाउनुपर्ने भनाइको साक्षी एमाले अध्यक्ष झलनाथ खनाल पनि रहेको उनले बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा आइतबार उनले भने, 'गिरिजावावु पनि बर्तमान सरकार छिटो हटाउनुपर्ने पक्षमा हुनुहुन्थ्यो । त्यसको साक्षी झलनाथ खनाल पनि हुनुहुन्छ ।' कोइरालाले बर्तमान सरकार विघटन गरेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने भनाइ राखेको बताउदै उनले बर्तमान सरकारको औचित्य समाप्त भइसकेको दाबी गरे । 'शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने जिम्मेवारी तपाइहरुको काँधमा छ भनेर कोइरालाले हामीलाई भनिसक्नुभएको छ ।' कोइरालासँगको अन्तिम भेटवार्तामा पुष्पकमल दाहाल र आफूसँग कोइरालाले भनेको कुरा स्मरण गर्दै उनले भने, 'गिरिजावावुको इच्छा पनि राष्ट्रिय सहमतिको सरकार गठन होस भन्ने थियो ।'
उनले वर्तमान सरकारले संविधान निर्माण र शान्ति प्रकृया टुंगोमा पुर्याउन नसक्ने दाबी गर्दै यो सरकार थप दुई महिना रहे मुलुक भड्खालोमा जाने बताए ।

No comments:
Post a Comment