माया गर्नेहरुलाई माया गर्नु पाउनु पर्छ
भनिन्छ, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनि हुन्छ, जहाँ फूल हुन्छ त्यहाँ सुगन्ध पनि हुन्छ । दुवै एक-अर्काका हिस्सा हुन्, जसमा सम्भावनाहरू लुकेका हुन्छन् । यसरी नै जहाँ प्रेम हुन्छ त्यहाँ यौनको सम्भावना पनि हुन्छ । सत्य त यही हो कि यौनको मात्र सम्भावना नभएर प्रेमको कुनै मोडमा वा धरातलमा प्रेम यौनकै रूपमा व्यक्त हुन्छ र यदि यही यौन मात्र वासनाको पूर्तिका लागि गरिन्छ भने त्यहाँ प्रेम व्यक्त हुँदैन र यदि यौनले वासनाको रूप लिएको छैन भने त्यसले प्रेमलाई अझ प्रगाढ बनाउँछ । यौन प्रेमको चरम रूप हो भने प्रेम यौनको सुगन्ध । दुवै एक-अर्काको विपरीत भएर पनि एक-अर्काका पूरक हुन् । यौन शरीरको आवश्यकता हो भने प्रेम मनको आवश्यकता, तर यदि दुवै कुरा सही र सन्तुलित रूपमा बिना कुनै स्वार्थ, वासनाबिना क्रियाशील हुन्छन् भने त्यसले आत्मालाई तृप्त बनाउँछ । प्रश्न उठ्छ, के यौनबिना प्रेम अधुरो छ ? वा प्रेमबिना यौन सम्भव छ ? दुवै आवश्यक छन्, महिला-पुरुषको शारीरिक ढाँचा वा मनोविज्ञान दुवैले यही कुरा दर्साउँछ कि एक-अर्काको मिलनबाट नै भावना एवं सम्बन्धले पूर्णता प्राप्त गर्छ ।

No comments:
Post a Comment